११ बैशाख २०८१, मंगलवार
Follow Us

नर्दन आयरल्याण्डमा प्रजातन्त्र दिवस भव्य रुपमा सपन्न (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७५, बुधबार १३:५८


धर्मराज अधिकारी
। बेलफास्ट । बेलायतका लागि नेपाली राजदुत डा। दुर्गाबहादुर सुबेदीले नेपालीहरु बिश्वको जुनसुकै कुनामा रहेपनि नेपाली, भाषा, कला र संस्कृतिको जगेर्नाले नेपाल झल्किएको बताएका छन् । बेलायतको नर्दन आयरल्याण्डमा मंगलबार आयोजित ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बोल्दै राजदुत डा। सुबेदीले विश्वका जुनै कुनामा रहेपनि नेपाली कला, संस्कृति र संस्कार जोगाइराख्न र नेपालीपन नभुल्न आग्रह गरे ।

नेपाली दुतावास बेलायतको आयोजना तथा नेप्लिज कम्युनीटि इन नर्दन आयरल्याण्डको संयोजनामा आयोजित ुराष्ट्रिय प्रजातन्त्र दिवस तथा नेपाल भ्रमण बर्ष २०२०ु को अवसरमा आयोजित सो कार्यक्रममा राजदुत डा। सुवेदीले प्रजातन्त्र मुलुकको मेरुदण्ड भएको बताए । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याउंदै उनले नेपाल सरकारले भ्रमण बर्ष २०२० मा लिएको लक्ष्य पुरा गर्न डायस्पोरामा रहेका नेपालीहरुको योगदान महत्वपुर्ण हुने जिकिर गरे ।
सो अवसरमा राजदुत डा।सुवेदी, डियुपी नेतृ फोष्टर, नर्दन आयरल्यण्डमा सभामुख रोबीन न्युटन, स्थानीय सिनफिन पार्टीका सांसद कोहीमी आर्चीबाल्ट लगायतले नेपाल भ्रमण बर्ष २०२० ब्यानर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा डियुपी नेतृ अर्लीनी फोष्टरले आफनो क्षेत्रमा नेपालीहरुको बाक्लो बसोवासले नर्दन आयरल्यण्डलाई बहुसांस्कृतिक हवमा रुपान्तरण गर्दै लगेको र यसले आफु र आफ्नो पार्टीलाई खुशी लागेको बताईन । नेपाल आफैंमा बहुसांस्कतिक, बहुभाषिक देश भएको बताउंदै नर्दन आयरल्याण्डमा पनि यो संस्कृति झल्किएको उनको भनाई थियो । नेपाल भ्रमण बर्ष २०२० को सफलताको कामना गर्दै नेतृ फोष्टरले नेपाल पर्यटकहरुको लागि उत्तम गन्तब्य भएको बताईन । उनले बेलायत(नेपाल दौत्य सम्बन्ध स्थापना भएको दुईसय बर्ष भन्दा बढि भएको स्मरण गर्दै गोर्खा रेजिमेण्टले बेलायतमा पुर्‍याएको योगदानको चर्चा गरेकी थिइन ।

नर्दन आयरल्यण्डस्थित स्थानीय राजनीतिज्ञ विकास चुडाल, एनआरएन युके नर्दन आयरल्यण्डका क्षेत्रीय अध्यक्ष लिलाराज निउरे, स्थानीय समाजसेवी नारायण कंडेल लगायतको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय नेपाली बालबालीकाहरुले नेपाली नृत्य प्रश्तुत गरेका थिए । कार्यक्रम सम्पन्न गर्न विशेष भुमिका निर्वाह गरेको जागृती महिला समुह र बाल कलाकारहरुलाई राजदुत सुवेदीले दुतावासको तर्फबाट मायांको चिनो प्रदान गरे । उक्त अवसरमा प्रवासमा रहेर नेपाली कला, संस्कृतिको जगेर्ना गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका वरिष्ठ पत्रकार पुरण अग्रवाललाई नेपाली दुतावासले सम्मान गरेको थियो । अग्रवाल विविसी नेपाली सेवाका पहिलो प्रश्तोता हुन ।

उल्लेख्य रुपमा नर्दन आयरल्याण्डवासीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली व्यवस्थापनमा सञ्चालित काठमाडौं इन रेष्टुरेण्टले क्याटरिङ्गको व्यवस्था गरेको थियो ।

ऐतिहासीक कार्यक्रम
नर्दन आयरल्याण्डको क्यास्टल भ्यु पर्यटकीय हिसावले ऐतिहासीक स्थान हो । उक्त स्थानमा दुतावासले पहिलो पटक गरेको कार्यक्रम ऐतिहासीक भएको सहभागिले जनाएका छन् । लण्डनबाट कार्यक्रममा सहभागिता जनाउन आइपुगेका स्थानीय व्यवसायी एवं समाजसेवी रविजंग लामिछानेले कार्यक्रम भव्य भएको बताए । दुतावासले लण्डन बाहिरपनि यति राम्रो कार्यक्रम गर्न सकेकोमा उनले राजदुत सुबेदीप्रति आभार व्यक्त गरेका थिए । नेपालीहरुको कार्यक्रममा विरलै सहभागिता जनाएका स्थानीय सुजित शर्माले पनि पहिलो पटक नेपाली दुतावासले आयोजना गरेको सभ्य र भव्य कार्यक्रममा सहभागिता जनाउन पाएकोमा खुशी व्यक्त गरे । म खासै कार्यक्रमहरुमा सहभागि भएको थिइन, तर आज नेपाली कम्युनीटिलाई यो अवस्थामा पाउंदा खुशी लाग्यो, शर्माले भने । सहभागिहरुले कार्यक्रम सफल र ऐतिहासीक भएकोमा आयोजक नेपाली दुतावास र संयोजकारी भुमिका निर्वाह गरेको स्थानीय कम्युनीटिका प्रतिनिधिहरुप्रति आभार प्रकट गरेका थिए ।

डा. सुबेदीले श्रीमतीको हात समाउंदै भने, हामी नव दुलाहा दुलही कार्यक्रमको अन्त्यमा नेपाली कम्युनीटिलाई आभार व्यक्त गर्न मञ्चमा उभिएका राजदुत दम्पतीसंग फोटो खिच्ने नेपालीहरुको घुंइचो लागेको थियो । शालिन व्यक्तित्व डा। सुवेदीले नेपाली कम्युनीटिको लगाबप्रति भावुक हुंदै हरेक कार्यक्रममा यसरी नै नेपाली दाजुभाई दिदीबहिनीहरुले आफुहरुलाई मायां दर्शाउने गरेका बताए । हामी नव विवाहति जोडी जस्तै भएका छौं, यो सब तपाईहरुको अपार मायांले हो, श्रीमती पुनम राज्य लक्ष्मी सुवेदीको हात समाउंदै राजदुतले यसो भनिरहंदा राजदुतपत्नि लाजले रातै भएकी थिइन ।