१४ बैशाख २०८१, शुक्रबार
Follow Us

समाज कल्याणका पदाधिकारी बर्खास्त

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७५, बिहीबार ०८:१३

काठमाडौंँ– सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको छ ।
फागुन ३ गते बसको मन्त्रिपरिषद बैठकले परिषद्का पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उनीहरुले बद्नीयतपूर्ण र कानुनविपरित काम गरेको पाइएकाले पदमुक्त गरिएको जानकारी दिए ।