१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल–भारत प्रबुद्ध समूह इपीजीको बैठक नयाँ दिल्लीमा

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७३, मंगलवार ०६:३५

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को बैठक आजदेखि नयाँ दिल्लीमा सुरु हुँदैछ । बैठक ईपीजीको भारततर्फका सदस्य जयन्त प्रसादको कार्यालय आईडीएफमा बस्दैछ । बैठकमा नेपालले सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने तयारी गरेको छ । भारतले सन्धि पुनरावलोकनका लागि नेपालले चाहेको संशोधनको प्रस्ताव ल्याउनु पर्ने बताउँदै आएको छ । १९५० को सन्धीलगायत सबै विषयमा अध्ययन गरी प्रतिवेदन दिन प्रबुद्ध समूह गठन गरिएको हो । गठन भएको झण्डै चार महिनापछि ईपीजीको पहिलो बैठक असार मध्यमा काठमाडौंमा भएको थियो । पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक रहेको नेपाली टोलीमा निलाम्बर आचार्य, राजन भट्टराई र सूर्यनाथ उपाध्याय सदस्य छन् । सांसद भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा भारतका तर्फबाट ईपीजीका सदस्य हुन् ।