१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्रिमण्डल फेरवदल हुने

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७५, बिहीबार १०:५०

काठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने बताएका छन् ।
‘मन्त्रिमण्डल फेरबदल हुनु कुनै नौलौ कुरा होइन, राम्रो काम गर्न नसके स्वयम् आफैं पनि हट्नुपर्छ । मेरो हकमा भन्नुहुन्छ भने प्रधानमन्त्री र पार्टीले हटाउनुपर्दैन, राम्रो काम गरेको छैन भने म आफै मन्त्री पदबाट हट्छु’ मन्त्री खनालले भने ।
जुनसुकै पार्टीको सरकार सत्तामा आएपनि टिकाटिप्पणी हुनु स्वभाविक भएको भन्दै उनले प्रतिपक्षले सरकारले गरेका काममा आलोचना हुने कुरा अपेक्षाकृत भएको भन्दै पार्टी पङ्तीमा सरकारको राम्रो कामको प्रचार गर्ने, तर भित्र आलोचना गर्नुपर्ने बताए ।