८ बैशाख २०८१, शनिबार
Follow Us

महिलाको प्रिय बन्न पुरुषले के खाने ?

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७५, बिहीबार १५:०६

लण्डन– खानेकुराको पनि पुरुषको सुन्दरता तथा छरितोपनामा विशेष भूमिका रहन्छ । स्वस्थ खानेकुरा खानाले पुरुषको समग्र शरीरमा बदलाव आउँछ । सुन्दर पुरुष मै महिला आकर्षित हुन्छन् ।
यदि चाँडै नै महिला साथीहरुको मन जित्नु छ भने कागती पानी खाने गर्नुस् ।

यसले शरीरमा भएका हानिकारक टक्सीनहरुलाई हटाइ अनुहारमा चमक ल्याउँछ । अनुहार सुन्दर हुने पुरुषसँग महिलाहरु छिट्टै आकर्षित हुन्छन् ।

यस्तै पालुङ्गो पनि लाभदायक हुन्छ । यसमा पाइने म्याग्नेसियमले रक्तसञ्चारमा सुधार ल्याउँछ, र आत्मबल बढाउनमा पनि सहयोग गर्दछ । आत्मविश्वास बलियो भए महिला साथीहरुसँग ढुक्कसँग कुरा गर्न सकिन्छ ।

महिला साथीहरुको अगाडि डार्क चकलेट खानाले उनीहरु पुरुषसँगै छिट्टै आकर्षण हुन्छ ।

दमाटरमा लाइकोपिन नामक तत्व हुन्छ । जसले छालालाई नरम र चम्किलो बनाउँछ । नरम र चम्किलो छाला हुने पुरुषप्रति महिलाहरुको विशेष आकर्षण हुन्छ ।

माछामा व्यक्तिको तनाव कम गर्ने तत्व पाइन्छ । जसले मुड ताजा राख्दछ । यदि महिला साथीसँग भएको बेला दुवै जनाले माछा खाए महिला पुरुषप्रति आकर्षित हुन्छिन् ।

गाँजर खानाले मुख गन्हाउने समस्या कम हुन्छ । साथै पार्टनरलाई आकर्षित गर्न गाँजर प्रभावकारी खानेकुरा बन्न सक्छ ।
नरिवलको पानीको सेवनले छाला फुस्रो हुनबाट बचाउँछ । अनुहारमा चमक ल्याउँछ भने व्यक्तिलाई फुर्तिलो राख्नमा सहयोग गर्दछ ।

केरामा पाइने विभिन्न पौस्टिक तत्वले व्यक्तिको अनुहारमा मुस्कान छाउँछ । जसले आफू र महिला साथीलाई प्रभावित पार्दछ । यस्तै ग्रीन टी जसले तपाईको व्यक्तित्वलाई उचाईमा पुर्याउँछ ।