१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेस नेता डा मिनेन्द्र रिजाल लण्डनमा

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७५, बिहीबार १६:३५

लण्डन । नेपाली कांग्रेसका नेता, सांसद एवम् पूर्वमन्त्री डा मिनेन्द्र रिजाल बुधबार लण्डन आइपुगेका छन् । लण्डनस्थित वेस्टमिनिस्टर फाउण्डेसन फर डेमोक्रयासीको निमन्त्रणमा झण्डै २ साता लामो भ्रमणका लागि उनी बेलायत आएका हुन् ।

फाउण्डेसनको आयोजनामा लण्डनमा हुने एक सम्मेलनमा नेता डा रिजालले भाग लिने जनसम्पर्क समिति बेलायतले जनाएको छ । बुधबार लण्डन आइपुग्दा जनसम्पर्क समिति बेलायतका नेताहरु विमानस्थलमै पुगेर डा रिजाललाई स्वागत गरेका थिए ।

सभापति युवराज गुरुङ, पूर्व सभापति लोक गुरुङ, उपसभापति तर्कराज गुरुङ, सहमहामन्त्रीद्धय रितेशराज पाण्डे र ईन्द्रहांग लिम्बू, प्रवक्ता खुशी लिम्बू , लगायत नेताको स्वागतको लागि विमानस्थल पुगेका थिए ।

यसैबीच जनसम्पर्क समिति बेलायतले पनि डा रिजालसंग एक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यहि फेब्रुअरी २३ तारिख शनिबार दिउंसो लण्डन, फेल्थामको नमस्ते गोर्खा रेष्टुरेन्टमा कार्यक्रम आयोजना हुने प्रवक्ता खुशी लिम्बूले जानकारी दिए ।

यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले २४ फेव्रोवरीमा लण्डनस्थित साउथह्यारोमा रिजालको सम्मानमा एक कार्यक्रमको आयोजना गर्ने भएको संघका महासचिव राजकुमार त्रिपाठीले जनाए ।

नेता डा रिजाल आउंदो मार्च २ तारिखमा नेपाल फर्किने कार्यक्रम छ ।