४ बैशाख २०८१, मंगलवार
Follow Us

रूसमा प्रजातन्त्र दिवस (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७५, बिहीबार १७:११

कृष्णप्रकाश श्रेष्ठ । मास्को । नेपालमा प्रजातन्त्र घोषणाको ६९(यौं वार्षिकोत्सवको उपलक्षमा १९ फेब्रुअरी २०१९ ९मंगलवार० का दिन मास्कोस्थित नेपाली राजदूतावासको सभाकक्षमा समारोहसउ साथै एक जलपान समारोहको आयोजना गरिएको थियो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव डा। बद्री केसीले ठीक ६८ वर्षअघि नेपाली जनताको सशस्त्र क्रान्तिको विजयपश्चात् घोषित गरिएको प्रजातन्त्रको महत्व राजा र प्रजा सबै नेपालीहरुका लागि उत्तिकै थियो भन्नुहुँदै प्रजातन्त्र दिवसको सन्दर्भमा दुर्इ शब्द व्यक्त गर्न हुन रूसका लागि नेपाली राजदूत महामहिम ऋषिराम घिमिरेज्यूलाई अनुरोध गर्नुभयो ।
महामहिमज्यूले नेपालमा प्रजातन्त्रको विकासक्रम र महत्वबारे संक्षेपमा चर्चा गर्नुका साथै वर्तमान नेपालले संघात्मक लोकतान्त्रिक गणतन्त्रको जग बसाल्दै विकास र समृद्धिको लक्ष्यको परिपूर्तिको बाटोतिर लम्किरहेको उल्लेख गनुहुँदै देशवासीको नाममा नेपालका राष्ट्पतिको सन्देशमा उल्लिखित प्रमुख विषयको पनि चर्चा गर्नुभयो । नेपालमा प्रजातन्त्रको स्थापना उहाँ जन्मनुभन्दा ९ वर्षअगाडि नै भइसकेको प्रसंग निकाल्दै महामहिमज्यूले प्रजातन्त्र स्थापनाका लागि भएको जनक्रान्तिको प्रत्यक्षदर्शीको हैसियतले मलाई केही शब्द राख्ने मौका दिनुभयो ।
मलाई नेपालमा जनक्रान्तिबाट स्थापित प्रजातन्त्रको खुला र स्वतन्त्र अवस्थामा जनतामा देश विकासको आकांक्षायुक्त उल्लासमय वातावरणको प्रत्यक्ष्य अनुभूति तथा नवोदित प्रजातन्त्र कुण्ठित भइरहेको तथाकथित दलविहीन पञ्चायती प्रजातन्त्र लागूभएको समयमा मास्कोमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले एक दिन सांस्कृतिक कार्यक्रम र एक साँझ भोजको भव्य कार्यक्रम सम्पन्न गरेर अपरोक्ष ढंगले पञ्चायती व्यवस्थाको विरोध गर्नेगरिएको पनि सम्झना भइरहेको थियो । मैले समारोहका सहभागीहरूसमक्ष छोटकरीमा यही मनोभावना पोख्न उपयुक्त ठानें ।
नेपालमा १०४ दिन लामो सशस्त्र जनक्रान्तिले १०४ वर्षसम्म देशको सर्वेसवा रहेको क्रूर राणाशासन धराशायी हुन पुगेको थियो । त्यतिखेर म नेपालको सुदूरपश्चिमाञ्चलको बैतडी खलंगा ९हाल दशरथचन्द नगरपालिका० मा सुखमय वाल्यकाल बिताइरहेको थिएँ । जनक्रान्तिको बाढी रुपसिंह भन्ने कम्याडरको नेतृत्वमा डोटी, डँडेलधूरा हुँदे उर्लेर बैतडीतिर प्रवाहित हुने क्रममा विभिन्न किसिमका होहल्लाहरु सुनिने गरेका थिए । राणाशाशकहरुले बैतडी जिल्लामा रहेका ५० जवान सिपाहींहरुलाई एकै पटकमा १२ राउण्ड गोली प्रहार गर्न सकिने बन्दुक चलाउने तरीका सिकाउन सैनिक जमदारको नेतृत्वमा १० जना सैनिकहरु पनि बैतडीमा पठाइसकेको थियो ।

बैतडीमा जिल्लाका दिनहुँ बडाहाकिम तिलकबिक्रम बस्नेतको मातहतमा रहेका सैनिकहरूद्वारा नेपाली कांग्रेसको आन्दोलन विरुद्ध लड्ने युद्धाभ्यास भइरहेको थियो । एकपल्ट स्थानीय कांग्रेसहरुको शान्तिपूर्ण जुलुस “राणाशाही मुर्दावाद १ शहीद दशरथ चन्द जीन्दावाद १” भन्ने नारा फलाक्तै पूर्वतिर रहेको सालेक भनिने ठाउँबाट खलंगा बजारतर्फ आइरहँदा बडाहाकिमको आदेशले दुई राउण्ड गोली हावामा फाएर गरिएको सुनिना साथै गुरुले बैतडी पाठशालाका छात्रछात्राहरुलाई तुरुन्तै घरतिर पठाइदिएका थिए भने जुलुसको नाराबाजी पनि रोकिएको थियो ।

नेपाली कांग्रेसको झण्डा फहराउँदे मौन जनजुलुसले बडाहाकिमको कार्यालयअगाडिको चहुरमा झण्डा गाडेर फेरि नारा लगाउँदा बडाहाकिमले तोडफोड भएमा गोली चलाइने धम्की दिएका थिए । जुलुसकर्ताहरुले त्यहाँ भाषण दिएर शान्तिपूर्ण जुलुस समापन गरेका थिए । यस घटनाको केही दिनपछि अँध्यारो रातमा बन्दुक पड्काउँदै र नाराबाजी गर्दै सशस्त्र क्रान्किारीहरु खलंगा बजारतिर लम्किरहँदा युद्ध गर्ने तालिम पाइरहेका स्थानीय सिपाहीहरु मात्र होइन कि केन्द्रबाट खटिएर आएका सैनिक जवानहरु कुलेलम भएपछि बडाहाकिम पनि भागेका थिए । उनलाई र अदालतका हाकिमलाई पनि रुपसिंह भन्ने कांग्रेस कम्याण्डरका अनुयायीहरूले पक्राउ गरेका थिए भने त्यतिखेर मालअड्डाको हाकिम रहनुभएका यस पंक्तिकारका बुवा रामबहादुर श्रेष्ठ चाहिं नबिराउनू, नडराउनूु भन्ने उक्तिअनुसार सरासर अफिसमा गएर आन्दोलनकारीहरूको प्रतीक्षामा रहनुभएको थियो । नेपाली कांग्रेसको नेतृत्व गर्दै मालअड्डा कब्जा गर्न आएको टोलीका नेता भीमदत्त ९पछि किसान आन्दोलनको नेतृत्व गर्दै नवोदित सरकारको विरोधमा उत्रिएका थिए र भारतको सहयोगबाट समेत आन्दोलन दबाउने क्रममा शहादत प्राप्तले बुवाको कर्तव्यपरायणताको सम्मान गर्दै अंकमाल गरेको कुरा बुवाले मलाई बताउनुभएको थियो ।


त्यहाँ भएको क्रान्तिका कम्याण्डर रुपसिंहको नेतृत्वमा विधिवत् स्थानीय सरकार गठन गर्न अहिलेको दार्चुला जिल्ला समेत समाविष्ट तत्कालीन बैतडी जिल्लाका गर्खा भनिने व्यास, मार्मा, दुहुँ, उकल्लो त तल्लो स्वराड नामक विभिन्न इलाकाका जनप्रतिनिधिहरु भेला गराई हात उठाएर प्रत्यक्ष चुनाव गराइएको थियो । जिल्लावासी जनप्रतिनिधिहरुले मेरा बुवाको नाम प्रस्तावित गरेर जनसरकारको अर्थमन्त्रीको पदमा मतदान गरेका थिए र उहाँले क्रान्तिको डावाँडोल अवस्थामा स्थानीय जनसरकारको यो पद सम्हाल्नु भएको थियो । यसरी बैतडी जिल्लामा बिनारक्तपात सहजै क्रान्तिकारीहरुको विजय भयो र प्रजातन्त्रको अभ्यास शुभारम्भ गरियो ।

महामहिम राजदूत ऋषिराम घिमिरेज्यूले आफ्नो मन्तव्यमा व्यक्त गर्नु भएझैं निरंकुश हुकुमी राणाशाही शासनको तत्कालीन दुष्कर अवस्थामा समेत नेपालमा जनताबाट जनताका लागि जनताको सरकार स्थापना गर्ने महान् उद्धेश्य प्राप्तिका लागि गरिएको प्रयासमा आत्मोत्सर्ग गर्ने वीर शहीद (दशरथ चन्द धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ) का साथै जहाँनिया राणाशाही समाप्त गर्न भएको सशस्त्र क्रान्तिमा शहीद भएका ९थिर बम लगायत० अमर नेपाली सपूतहरूको स्मरण गर्न मास्को राजदूतावासको प्रांगणमा वीर शहीदहरूको स्मृतिमा रूसमा रहेका सम्पूर्ण नेपालीहरुको तर्फबाट ु६९(यौं प्रजातन्त्र दिवसु अंकित हुने गरी दीपबत्ती प्रज्वलन गरिएको थियो ।
नेपालमा प्रजातन्त्र घोषणाको ६९(यौ। वाषिर्कोत्सवको उपलक्ष्यमा मास्कोस्थित नेपाली राजदूतावासमा आयोजित जलपान कार्यक्रमको सिलसिलामा रूसवासी नेपालीहरू भलाकुसारी गर्दै भावी कार्यक्रमहरूबारे पनि विचारविमर्श गरिरहेका थिए ।

फोटो र भिडियो सौजन्यः मारिना श्रेष्ठ र विमला भण्डारी