१६ चैत्र २०८०, शुक्रबार
Follow Us

श्रीमतीको काटिएको टाउको लिएर थाना पुगे श्रीमान्

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७५, शुक्रबार ०२:५२

भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि काटिएको टाउको लिएर थाना पुगेका छन् । घटना बुधबारको हो ।
मुरैनाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् । पुलिस अधिकारी रियाज इकबालले भने, ‘घटना बुधबारको हो । कल्याण शाक्यवार आफ्नी श्रीमतीको टाउको काटेर थाना पुगेका थिए । उनले आफ्नी श्रीमती पंकजको हत्या गरेको हामीलाई बताए । ’
उनलाई तुरुन्त पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिएको छ । उनी बसेको गाउँमा पुलिसले छानबीन गरिरहेको इकबालले जानकारी दिए ।
श्रीमतीको अर्कैसँग सम्बन्ध भएको शंकामा आफूले श्रीमतीको हत्या गरेको कल्याणले पुलिसलाई बताएका छन् ।
स्थानीयलाई उद्धृत गर्दै पुलिसले उनीहरुको दैनिक जसो झगडा हुने गरेको बताए । पुलिसले भने, ‘बुधबार पनि दुईजना बीच झगडा भयो । विवाद यति बढ्यो कि कल्याणले पंकजको टाउको बञ्चरोले काटिदिए ।’
उनीहरुको विवाह भएको १० वर्ष भइसकेको थियो । यी दुईका तीन सन्तान पनि छन् ।
पुलिसका अनुसार पंकजको हत्या गरेपछि कल्याण उनको टाउको हातमा लिएर महुआ थाना पुगेका थिए । हातमा महिलाको टाउको देखेर सबै डराए । कल्याणलाई त्यसपछि पक्राउ गरियो ।