६ चैत्र २०८०, मंगलवार
Follow Us

नेकपाका नेता शर्माको नेतृत्वमा संसदीय टोली लण्डन आउने

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७५, शुक्रबार १०:०७

लण्डन । नेपालको एक संसदीय टोली वेलायत भ्रमणमा आउने भएको छ । वेलायतस्थित वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा हुने कार्यक्रममा सहभागि हुन नेकपाका नेता दीनानाथ शर्माको नेतृत्वमा सो टोली वेलायत आउन लागेको हो ।

आइतवार दिउसो लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिने सो टोलीमा पुर्वउपसभामुख चित्रालेखा यादव, अष्टलक्षी शाक्य, खिमलाल देवकोटा लगायत छन् । सोही कार्यक्रममा भाग नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजाल वेलायत आइसकेका छन् । सो टोली मार्च २ तारिख सम्म वेलायतमा रहने वताएको छ ।