१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तत्काल संविधान संशोधन गर्नुपर्र्छः डा भट्टराई

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७३, मंगलवार १०:५०

इनरुवा । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित ‘संविधानको एक वर्षः कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयको अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री डा भट्टराईले धर्मनिरपेक्षता, लोकतन्त्र र सङ्घीय गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेकामा जोड दिनुभयो ।
संयोजक डा भट्टराईले देशको आवश्यकता र शान्ति कायम गर्नका लागि मधेसी, थारु, आदिवासी, जनजाति लगायतका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र सबैको अपनत्व झल्किनुपर्नेमा जोड दिनुभयो ।