६ चैत्र २०८०, मंगलवार
Follow Us

शरीरमा सानातिना अनेकौं समस्या आइरहेका छन् भने यो हैन राम्रो संकेत

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७५, शुक्रबार १४:२५

मानिसको शरीरमा सानातिना अनेकौं समस्या आइरहेका हुन्छन् जसलाई उनीहरू बेवास्ता गर्छन् । तर यसो गर्नु ठीक होइन । गोडाले पनि स्वास्थ्यका बारेमा धेरै कुरा बताइदिन्छन् । गोडामा आएका परिवर्तनलाई ध्यान दिएर हेरेमा तिनले बिरामीको संकेत दिन्छन् ।

गोडा प्रायः सुन्निन्छ भने त्यस्तो व्यक्तिलाई मधुमेह वा स्नायु प्रणालीमा खराबी भएको संकेत हो ।

गोडाको पञ्जा फुल्दा रक्ताल्पता वा मृगौलाको समस्या हुन सक्छ । यो कारणले एक वा दुवै गोडाका पञ्जा फुल्छन् ।

शरीरमा क्याल्सियम, पोटेसियम वा भिटामिनको कमीका कारण यो समस्या आउन सक्छ । यसबाट मधुमेह, बाथ वा रक्तसञ्चारमा खराबीको संकेत पाइन्छ ।

शरीरमा रक्तप्रवाह राम्ररी भएन भने रंग बदलिन्छ । यसबाट ग्यांग्रिन वा मधुमेहको संकेत प्राप्त हुन्छ ।

अचानक गोडा सन्न भएर झमझमाउन थाल्यो भने शरीरमा रक्तसञ्चार ठीक तरिकाले नभएको बुझ्नुस् र यसले मधुमेहको संकेत दिन्छ ।

घुँडामा प्रायः पीडा भइरहन्छ भने मधुमेहकै समस्या हो र क्याल्केनियम पनि हो ।
गोडाका औंला फुले भने बाथ वा संक्रमणको समस्या हुन सक्छ । शरीरमा युरिक एसिड बढ्यो भने पनि यो समस्या आइलाग्छ ।