६ चैत्र २०८०, मंगलवार
Follow Us

ललितपुरकाे एनसेल कार्यालयमा बम विस्फोट

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७५, शुक्रबार १४:५५

काठमाडौँ–ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् ।
बम बिस्फोटबाट गेटमा क्षति पुगेको छ । बम विस्फोटमा २ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु पैदल यात्रु हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको भन्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।