७ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौंको कमलपोखरीमा भेटिएको बम सेनाले निस्क्रिय बनायो

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७५, शुक्रबार १७:१६

काठमाडौँ– काठमाडौँ र ललितपुरमा शुक्रबार बम आतंक फैलियो । ललितपुरमा कमलपोखरीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् ।

बम भेटिएको खबरलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।

यता ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा तीन जना घाइते भएका छन् ।

बम विष्फोटमा घाइते हुनेहरुमध्ये प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।