७ बैशाख २०८१, शुक्रबार
Follow Us

डेनमार्क, बेल्जियम, लक्जमबर्ग र जर्मनीमा नेपाली एकता समाजको नयाँ कार्यसमिति

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७५, शुक्रबार १७:३४

लण्डन । डेनमार्क, बेल्जियम, लक्जमबर्ग र जर्मनीमा नेपाली एकता समाजको नयाँ कार्यसमिति चयन गरिएको छ ।

समाजको डेनमार्कको भेला कोपेनहेगनम सम्पन्न भएको छ। राजमो पूर्वसचिव कृष्ण अधिकारी अधिकारीको विशेष उपस्थितमा सम्पन्न भेलाले फेरि ध्रुव गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समिति गठन गरेको छ।
जसको उपाध्यक्षमा चन्द्रमणि पौडेल, सचिवमा कृष्ण थापा, कोषाध्यक्षमा कमला शर्मा, सहसचिवमा आर के लामिछाने चयन भएका छन् भने आशिश सूवेदी,दिप समिप पौडेल, मिलन चालिसे, शर्मिला गौतम र सूस्मिता सापकोटा सदस्य चयन भएका छन् । भेलाले यो वर्ष भित्र अधिवशन गर्ने निर्णय पनि गरेको छ।

यता नेपाली एकता समाज बेल्जियमको पनि भेला सम्पन्न भएको छ ।
भेलाले पुनः बालकृष्ण कँडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।
जसमा उपाध्यक्ष ओम थापा, सचिव तिर्थराज बेलवासे,कोषाध्यक्ष हिमाल थापा र सदस्यहरू केशव सूनार,शेर बहादुर कुँवर,सूदिप पौडेल,तारा अम्मई, आशा भट्टराई र श्रृष्टि कँडेल रहेका छन् ।

यस्तै, एकता समाज लक्जमबर्गको पनि अधिकारीकै विशेष उपस्थिति र दुर्गा केसी थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
भेलाले दुर्गा केसी थापाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ। जसमा उपाध्यक्ष खिमलाल पन्थि,सचिव ज्ञानेश्वर सापकोटा,कोषाध्यक्ष जितु थापा,सदस्यहरूचन्द्र बहादुर थापा,भविन्द्र थापा,मधु केसी, अस्मिता भण्डारी,र रत्न बहादुर गोतामे रहेका छन् ।

यता जर्मनी एकता समाजमा अध्यक्ष प्रिन्स शर्माको नेतृत्वमा कार्यसमिति चयन गरिएको छ ।
जसको सचिव पूरन बहादुर क्षेत्री रहेका छन् भने सदस्यहरूमा रेशम भूसाल,अनिल शर्मा,निरज अर्याल रहेका छन् । यस्तै सल्लाहकारमा मालती शर्मालाई चयन गरिएको छ ।