१६ चैत्र २०८०, शुक्रबार
Follow Us

क्लब डेजाभूका सञ्चालक पक्राउ

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ०१:३७

काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकलाई पक्राउ गरेको छ।

प्रहरीले क्लब सञ्चालक प्रवेश श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शिलाकारलाई बिहीबार साँझ पक्राउ गरेको हो। पक्राउपछि प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हाजिर गराएको थियो।
त्यसलगत्तै उनीहरूविरुद्ध थप अनुसन्धानका लागि ३ दिनको म्याद थप गरिएको छ। उनीहरूविरुद्ध परिसरमा साढे ३ करोड रुपियाँ ठगी गरेको उजुरी दर्ता भएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।