१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र शाहको आँखा पूर्वतिर

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ०१:५१

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमण सकेपछि मात्रै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। मध्यतराई र पूर्वाञ्चल भ्रमण लक्षित गर्दै गएको माघ १३ गतेदेखि दमक रहेका ज्ञानेन्द्र विभिन्न जिल्लाका धार्मिक स्थलको भ्रमण गर्ने तयारीमा रहेका छन् ।
काठमाडौंमा नातेदारको विवाहमा समेत सहभागी नभएर सुरक्षाकर्मीसहित एक्लै दमक बस्दै आएका ज्ञानेन्द्रको यो वर्ष तराईको पहिलो भ्रमण जनकपुर तय भएको छ। त्यसपछि तराईका सिराहा, सप्तरी, महोत्तरी, काँकडभिट्टा, उदयपुरलगायत एक दर्जनभन्दा बढी जिल्लाको भ्रमणको तय गर्नुभएको छ। उच्चस्रोतका अनुसार धार्मिक भ्रमणका लागि सिक्किम र दार्जिलिङको कार्यक्रमसमेत तय भएको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।