१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनएको आयोजनामा पोर्चुगलको अल्गार्भमा रक्तदान कार्यक्रम

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ०६:०७

r
पोर्चुगल ।पोर्चुगलको अल्गार्भमा नेपालीहरुको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति अल्गार्भको आयोजना र Loulé Sem Fronteiras परियोजनाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

अल्गार्भको युनिभर्सिटी हस्पिटलमा सम्पन्न भएको रक्तदान कार्यक्रममा आल्बुफेरा, भिलामोरा, मोण्टे गोर्दो र क्वार्तेरा आदि स्थानमा बसोवास गर्ने नेपालीहरु बिहानैदेखि भेला भएका थिए।

रक्तदान कार्यक्रममा २५ जनाभन्दा बढी नेपालीहरुले रक्तदान गरेका थिए।