१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए क्यानडाको आयोजनामा सप्ताहब्यापी खेलकुद सम्पन्न

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ०६:०९

क्यानाडा । गैर आबासिय नेपाली संघ एनआरएनए क्यानडाको आयोजनामा क्यानडाको मुख्य शहरहरुमा सप्ताहब्यापी खेलकुद ऐतिहासिक रुपमा सम्पन्न भएको छ । टोरन्टो, स्कारबोरो, मिसिसागा, एडमन्टन, क्लागरी र सस्काटुनमा करिब १५ खेलहरुको आयोजना गरिएको थियो।

संघले आयोजना गरेका खेलहरु मध्ये टोरन्टोमा सम्पन्न भलिबल रनिङ शिल्ड प्रतियोगिता सबैको चर्चाको बिषय बनेको छ । ८ टिमहरुको सहभागिता भएको उक्त खेलमा करिब ५०० किलोमिटरको यात्रागरी राजधानी अट्टवा देखि २ टिमहरु सहभागी भएका थिए। भलिबलमा बिजेता लालिगुरास क्लबले शिल्ड र नगद १००० डलर र उपबिजेता टोरन्टो स्पोर्ट्स सेन्टरले ७०० डलर पुरस्कार हात पारेको एनआरएनए क्यानाडाका महासचिव चिरन्जीबी घिमिरेले डिसी नेपाललाई बताए।

त्यस्तै ८ टीमहरु सहभागी रहेको पुरुष “टग अफ वार“ मा ओटावा फाल्कनले भिक्टोरिया ड्रागनलाई फाइनलमा पराजित गर्दै ट्रफी र नगद पुरस्कार हात पार्यो । भलिबल, फुटबल, दौड, क्यारेमबोड, ब्याटमिन्ट्न, चेस, टग अफ वार, स्पून मार्बल रेस लगायतका खेलमा झन्डै ४०० खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए । क्यानडा स्थित नेपाली संस्थाका प्रमुखहरु बिचको रमाइलो दौडमा १९ जना अरु अध्यक्षहरुलाई पछि पार्दै प्रबासी नेपाली एकता मञ्चका अध्यक्ष रमेश थापाले उपाधी जितेका थिए ।

कार्यक्रमको समापन एवम् सांस्कृतिक साँझमा बरिस्ठ गायक तथा सङ्गितकार पुर्ण नेपाली, लोक तथा दोहोरी गाएक बुद्धि सागर बस्याल, लोक गायिका देबिका के सि, गायिका बिनया निरौला, हिमालयन भाईब्स , रबिन्द्र घिमिरे र प्रदिप मरहट्ठा लगायत कलाकारहरुले आ–आफ्ना साङ्गितिक प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरन्जन दिएका थिए । उक्त कार्यक्रममा लोक गायक बुद्धिसागर बस्यालको स्वर, गीतकार रमेश थापाको शब्द र महेश खड्काको संगीत रहेको गीत ‘परेलीले बात गर्ने कस्तो राम्रो बानी रैछ ,प्यास लाग्यो आउ कि न आउ तिम्रो घरमा पानी रैछ’ गजलको प्रीमियर समेत गरिएको थियो।

टोरन्टो नेपाली स्पोर्टस सेन्टर, लालिगुरास स्पोर्ट क्लब, नेकोस, निकासे, बाग्लुङ सेवा समाज र एनसिएससिले उक्त खेलकुद सप्ताह सञ्चालन एवम् ब्यस्थापनमा सहयोग गरेका थिए । गोपि काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एनआरएनए क्यानडाका महासचिव चिरन्जीबी घिमिरेले गरेका थिए।

सफलतापुर्वक सप्ताहब्यापी खेलकुद प्रतियोगिता सम्पन्न गरेकोमा एनआरएनएका अध्यक्ष भनब भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसि लगाएतले एनआरएनए क्यानाडालाई बधाई पठाएको महासचिव घिमिरले डिसी नेपालसँगको कुराकानीमा बताए ।

कृष्ण काफ्लेको सभापतित्व र पान्डु श्रेष्ठको संयोजनमा सम्पन्न उक्त कार्यक्रमा गौरी राज जोशी, नवीन शेरचन, आईसीसी सदस्यहरु अभिमन्यु बस्नेत र प्रमिला बस्नेतको सहयोग र सहभागिता रहेको थियो । उक्त कार्यक्रममा झण्डै १ हजार नेपाली समुदायको उपस्थिती थियो ।