१२ बैशाख २०८१, बुधबार
Follow Us

जन्मदिनको अवसरमा प्रधानमन्त्रीद्वारा वृक्षारोपण

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ०६:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोप्नु भएको छ ।
बालुवाटारमा परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोप्नु भएको हो । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोप्नुभएको छ । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाउनुभएको छ ।
प्रधानमन्त्री ओलीलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ,अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मनु भएको हो ।