१३ बैशाख २०८१, बिहीबार
Follow Us

अस्ट्रेलियामा अलपत्र १२ सय जना नेपाली विद्यार्थीको विषयमा छलफल

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ०६:४४

अस्ट्रेलिया-काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलिया(सीसा)ले अस्ट्रेलियामा उच्च अध्ययनमा आएका करिब बाह्र सय जना नेपाली विद्यार्थीले अध्ययनरत बिषयको Australian Nursing and Midwifery Accreditation Council मा मान्यता नहुनुका साथै कलेजको खारेजीसँगै अलमलमा परेपछि समस्याको समाधान र कानुनी बाटोको विषयमा विद्यार्थीहरूसँग छलफल कार्यक्रम आयोजना गरेको छ।
अस्ट्रेलियाका लागि नेपाली राजदूतावास, महावाणिज्यदूतको कार्यालय, एनआरएन, अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी एलाइन्स र सम्वन्धित रेड्फर्न कानुनी परामर्शदातासहितको बृहत छलफलमा विद्यार्थीहरूको साझा समस्या र त्यस्को निकास को लागि सबै निकायले गम्भीरताका साथ लिएको समेत सबै सरोकार वालाहरुले बताएका थिए।
एआइबिटी नामक एक निजी कलेजमा नर्सिङ पढ्न आएका करिब बाह्र सय विद्यार्थीले लामो समय पढिसक्दा पनि सम्वन्धित निकाय एन्म्याकले मान्यता नदिएका कारण उनीहरूको पढाइ अलपत्र परे पछी उनिहरु मिडिया आए पस्चात सरकारले कलेज खारेजी गर्ने निर्णय गरेको छ । उक्त्त कालेजको खारेजिले सबै विद्यार्थी अन्यौलमा परेका छन ।
यती धेरै अन्यौलमा परेका विद्यार्थीहरूलाई नि:शुल्क कानुनी परामर्श र आवश्यक सल्लाह सुझाव दिन आयोजित उक्त्त कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालको कार्यवाहक राजदूत द्रुपदा सापकोटाले नेपाल सरकारले विद्यार्थीहरूको यो समस्यालाई नजिकबाट नियालिरहेको र सम्वन्धित निकायमा पत्राचार तथा परामर्शमा रहेको बताइन्।
कार्यक्रममा रेडर्फन लिगल सेन्टरका वकिल शेएन स्टिम्सनले विद्यार्थीहरूका लागि नि:शुल्क कानुनी परामर्श र लडाइँ लड्ने व्यवस्था मिलाइएको छ भन्दै नियमितरुपमा कलेज जान आग्रह गेरे ।

स्टडी न्यु साउथवेल्स केइटी हान्नले कलेजमा पढ्ने विद्यार्थीहरूको स्वास्थ र मानसिक समस्याका विषयमा आफूहरू गम्भीर रहेको बताउँदै आफ्नो संस्था बिद्यार्थीको बिषयमा गम्भीर रहेको र आफुहरुले सकेको सहयोग गर्ने बताइन् ।
सिसाका केन्द्रिय अध्यक्ष विजय सापकोटाले अन्तर्राष्ट्रिय विद्यार्थीको हक हितका लागि कामा गरी रहेको भन्दै अहिलेको समस्या लाई सिसाले मिडियटरका रूपमा बसेर अस्ट्रेलियन सरकारमा पुर्याउने कार्य गरिरहेकोले नाअतिन्न बिद्यार्थी हरुलाई आग्रह गरे ।