१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आर्थिक स्थिति कमजोर तथा जेहेन्दार विद्यार्थीकाे सहयोगार्थ टोकियोमा च्यारिटी

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ११:२९

टोकियो । आर्थिक स्थिति कमजोर तथा जेहेन्दार विद्यार्थी सहयोगार्थ टोकियोमा च्यारिटी बजार हुने भएको छ।

टोकियोको सिन कोईवा स्थित ठमेल हलमा च्यारिटी बजार हुने भएको छ l २०१९ फेब्रुअरी २४ तारेख आईतवारका दिन टोकियो ,सिन कोईवाको ठमेल हलमा दिउँसो ११ बजे देखि च्यारिटी बजार हुने ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले जानकारी दिए।

निम्न आय भएका तथा जेहेन्दार विद्यार्थी हरुको सहयोगार्थ च्यारिटी बजार गर्न लागिएको र उक्त बजारमा सामानहरु बिक्री भएर जम्मा भएको सम्पूर्ण रकम विद्यार्थीहरुलाई हस्तान्तण गरिनेछ l

नेपालको आर्थिक अवस्था कमजोर भएहरुको सहयोग स्वरूप हजारौं वटा राम्रा राम्रा लुगाफाटाहरु र अन्य सामानहरु च्यारिटी बजारको लागि जापानीहरुले उपलब्ध गराएका छन् ।