१३ बैशाख २०८१, बिहीबार
Follow Us

एक नेपाली– जो रक्तदान गर्न अमेरिकाबाट ११ हजार किलोमिटर टाढा पुगे

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ११:३०

न्यूयोर्कहरेक बर्ष अफ्रिकामा ६ लाख सुत्केरी तथा गर्ववती महिलाहरु अत्यधिक रक्तश्राव हुँदा रगत नपाई जीवन गुमाउँछन् । अझ इथियोपिया जस्तो गरीब देशमा त दुई तिहाइ बिरामीहरुले रगत नै पाउँदैनन् ।
यहीकुरा थाहा पाएर रक्तदान नै गर्न भनेर अर्जुन मैनाली गत मंगलबार न्यूयोर्कदेखि ११,२०० किलोमिटर टाढाको अफ्रिकाको इथियोपियामा पुगे ।

इथियोपिया नेशनल ब्लड सर्भिसले एडिस अबाबाको पाँच तारे होटेल क्यापिटल इन्टरनेशनलमा अर्जुन मैनाली एकजनालाई मात्र रक्तदान गराउन र रक्तदान अन्तरकृयाको लागि एउटा बिशेष कार्यक्रम नै गर्‍यो ।

रक्तदान गरे पश्चात मैनालीले ‘मसँग भएको मानवीय अमुल्य जीवनको भन्डारलाई तपाईंहरुसँग अलिकती बाडौंभनेर आफ्नै साधन श्रोतमा यहाँसम्म आएको हुँ’ भने ।
उनले अगाडि भने, ‘इथियोपियामा बिरामी उपचार गर्नको लागि पर्याप्त रगत नभएको यस अवस्थामा कुनै अद्रिश्य शक्तिले मेरो मन, भावनामा रक्तदान गर्न इथियोपियामा नै जाउँ जाउँ जस्तो लाग्यो र आएँ ।

रक्तदान अन्तरकृया कार्यक्रममा रक्तदाता मैनालीले निश्चित अबधि पछि स्वस्थ ब्यक्तिले रक्तदान गर्न सक्ने आफ्नो उदाहरण दिँदै ३१ बर्षको अवधिमा आफू १५ देशमा १६८ पटक रक्तदान गरेको जानकारी दिए ।

उक्त कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सेहर्ला अब्दुलाहीले रक्तदाता मैनाली एक असाधारण ब्यक्तित्व भएको बताइन् ।
कार्यक्रममा मैनालीलाइए राज्यमन्त्रीले प्रशंसा पत्र र राष्ट्रिय पोसाकले सम्मान गरेकी थिइन्