१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रवीन्द्र मिश्रको पार्टीलाई फेरि १० वर्षे द्वन्द्वको स्मरणले झस्कायो

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ११:३९

काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले देशका विभिन्न भागमा भएको हिंसात्मक विस्फोटका घटनाको विरोध गरेको छ । सो पार्टीले देशमा विभिन्न स्थानमा भएको विस्फोटका घटनाले फेरि तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे द्धन्द्धको स्मरणले झस्काएको उल्लेख गरेको छ ।

पार्टी प्रवक्ता सूर्यराज आचार्यले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘द्वन्द्वोत्तर मुलुकको कष्टकर घाउमा राम्रोसँग खाटा बस्न पनि पाएको छैन। यहि परिवेशमा भर्खरै देशका विभिन्न भागमा हिंसात्मक विस्फोटका घटनाहरुले हामीलाई पुनः त्यही नमिठो स्मरणले झस्काएको छ। भीषण द्वन्द्वबाट गुज्रिएको मुलुकमा फेरि यस्ता हिंसात्मक घटनाहरु घटित हुन थाल्नु मुलुकको संविधान, विधिको शासन तथा सम्पूर्ण लोकतान्त्रिक प्रक्रिया माथिकै चुनौती, चिन्ता र आपत्तिको विषय हो।’

विवेकशील साझाले आफ्ना असंतुष्टि, मान्यता र गतिविधिहरुलाई लोकतान्त्रिक विधि र प्रक्रियाद्धारा अभिव्यक्त गर्न पाइने संवैधानिक व्यवस्था हुँदा हुँदै हिंसा, हत्या र विध्वंसद्धारा समाजलाई आतंकित पार्ने काम जोसुकैले गरेका गतिविधि भएपनि त्यो आपत्तिजनक भएको बताएको छ ।

ध्वंसमा विश्वास राख्ने दल या समूहलाई चाँडो भन्दा चाँडो लोकतान्त्रिक विधि र प्रक्रियामा विश्वास गर्न समेत पार्टीले आह्वान गरेको छ ।