१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कश्मिर आक्रमणपछि आत्तियो अमेरिका

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ११:४२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिर हमलापछि भारत र पाकिस्तानबीच विकसित ‘खतरनाक अवस्था’ले आफू भयभित भएको बताएका छन् ।
“दुई देशबीच हाल निक्कै खतरनाक अवस्था छ,” शुक्रबार ह्वाइट हाउसमा रिपोर्टरहरुसँग ट्रम्प भने ।
“जे भयो त्यसको कारण भारत र पाकिस्तानबीच निक्कै ठूलो समस्या उत्पन्न भएको छ,” उनले भने ।
आणविक हतियारसम्पन्न यी प्रतिद्वन्दी राष्ट्रबीचको तनाव अघिल्लो हप्ता भएको आत्मघाती हमला पछि निक्कै बढेको छ । भारत प्रशासित कश्मिरमा भएको आक्रमणमा परेर ४२ भारतीय सैनिकको ज्यान गुमाएका थिए । आक्रमणलाई तनावग्रस्त कश्मिरमा तीस वर्षको अवधिमा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।