१४ बैशाख २०८१, शुक्रबार
Follow Us

घाइतेको उद्दार पहिला कि मुलुल्का पहिला ? बम पड्केको झन्डै २० मिनेटपछि मात्र प्रहरी पुग्यो

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७५, आईतवार ०१:४२

 

काठमाडौं। ललितपुरको नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार साँझ अज्ञात समूहले बम विस्फोटन गरायो । विस्फोटमा तीन सर्वसाधारण घाइते भएकोमा शनिबार एक जनाको निधन भएको छ । सर्वसाधारणका अनुसार, त्यहाँ बम पड्केको झन्डै २० मिनेटपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

बमको त्रासले सर्वसाधारणको भिड लागेको थियो । तर, उद्धार गर्न कोही अगाडि सरेका थिएनन् । केही ढिलो गरी आएको प्रहरी पनि घाइतेकोे उद्धारभन्दा पनि मुचुल्का उठाउन लागे । यसबीचमा १० मिनेट मुचुल्का उठाउँदै लाग्यो ।
स्थानीयका अनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर त्यहाँ जान रोक लगाएको थियो । चोटपटक लागेको तथा रगत बगिरहेको अवस्थामा समेत प्रहरीले मुचुल्का उठाइरहँदा घाइतेको उद्धारमा ढिलाइ भएको भन्दै सर्वसाधारण आफैंले अस्पताल लान ट्याक्सी तयार पारे तर प्रहरीले अनुमति दिएन र मुचुल्का तयार पानुपर्ने भन्दै ८ देखि १० मिनेट ढिलो हुन पुग्यो ।
तत्पश्चात् घाइतेमध्ये गुरुङलाई बीएन्डबी, मानन्धरलाई मेडिसिटी र खड्कालाई अल्का अस्पताल लगियो । गम्भीर घाइतेको संवेदनशीलता हेरी गुरुङलाई नजिकैको मेडिसिटी अस्पताल लानुपर्ने देखिन्छ तर उनलाई बीएन्डबी अस्पताल लगियो र पछि मेडिसिटीमा रिफर गरिएको थियो ।

यस्ता घटनामा पीडितको उद्धारभन्दा मुचुल्का लिने र फोटो खिच्ने गर्दा घाइतेको उद्धारमा ढिलाइ हुने गरेको र घाइतेको संवेदनशीलतालाई बेवास्ता गरिएको देखिन्छ । यसबाट घाइतेको ज्यानसमेत जोखिममा पर्ने गर्दछ । राजधानी दैनिकमा खबर छापिएको छ ।