१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अन्सारीलाई जोगाउन यस्तो छ सत्तारूढ नेकपाको खेल

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७५, आईतवार ०२:२२

काठमाडौँ – सत्तारूढ नेकपाले मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीलाई अयोग्य प्रमाणित हुनबाट जोगाउन कसरत सुरु गरेको छ । संसदीय समितिबाट अस्वीकृत हुनुअघि नै नाम फिर्ता लिने तयारी नेकपाले गरेको हो ।

अन्सारी नागरिकता, शैक्षिक प्रमाणपत्र र दलीय आबद्धताको विषयले विवादमा तानिएका छन् । संवैधानिक परिषद्को माघ ६ को बैठकले पाँचवटा आयोगमा अध्यक्ष सिफारिस गरेको थियो । संघीय संसदको सुनुवाइ समितिले प्रस्तावित दुई अध्यक्षको सुनुवाइ सकेको छ भने २ जनाको आइतबार हुँदै छ । कान्तिपुर दैनिकमा खबर छ ।