८ बैशाख २०८१, शनिबार
Follow Us

संसदीय टोली वेलायत भ्रमणमा

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७५, आईतवार १४:२२

लण्डन । नेपालको एक संसदीय टोली वेलायत भ्रमणमा आएको छ । वेलायतस्थित वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा हुने कार्यक्रममा सहभागि हुन नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मिनेन्द्र रिजाल, नेकपाका नेता दीनानाथ शर्माको सहित सो टोली लण्डन आएको हो ।

टोलीलाई आइतवार लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदाँ वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको प्रतिनिधी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय सदस्य रामशरण सिमखडाले स्वागत गरे ।

सो टोलीमा पुर्वउपसभामुख चित्रालेखा यादव, अष्टलक्षी शाक्य, खिमलाल देवकोटा लगायत छन् । सोही कार्यक्रममा भाग नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल गत हप्तानै वेलायत आइसकेका छन् । डा. रिजालका अनुसार टोलीले स्कटल्याण्डको समेत अध्ययन भ्रमण गर्ने छ । सो टोली मार्च २ तारिख सम्म वेलायतमा रहने वताएको छ ।