४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रहरीलाई घुस दिने नियन्त्रणमा काठमाण्डौ

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७५, आईतवार १४:३३

फागुन महानगरीय प्रहरी वृत्त कमलपोखरीले प्रहरीलाई घुस दिई प्रभावमा पार्न खोज्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ११ गते २१:०० बजे काठमाण्डौ महानगरपालिका १ नागपोखरी स्थित बा. ४१ प. ५६१५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा धुम्बाराही बस्ने रौतहटका सुरेन्द्र पासवानले प्रहरी टोलीलाई रू. ५ सय घुस दिएकाले निजलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । यसै गरी २२:४५ बजे महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका-१७ क्षेत्रपाटी स्थित को.१४ प. २६२८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा काठमाण्डौ महानगरपालिका-२३ ओमवहालका राजनराज भण्डारीले ब्लुबुक भित्र रू १ हजार राखि घुस रकम दिएकाले निजलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।