१२ बैशाख २०८१, बुधबार
Follow Us

‘ब्रेक्जिटबारे संसदमा मतदानको मिति सर्नेे’

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७५, आईतवार १५:३८

लण्डन- यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिषयमा यस साता संसदमा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री टरिजा मेले आइतबार बताएकी छिन् ।

मतदानको दिन केही पर सर्ने सम्भावना भएपनि आगामी मार्च १२ सम्ममा संसदमा मतदान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाएकी छिन् ।

प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भनिन्, “हामीले ब्रेक्जिट सम्झौताका बिषयमा हुने अर्थपूर्ण मतदानलाई यस साता गर्ने छैनौँ । तर यो आगामी मार्च १२ सम्ममा सम्पन्न हुनेछ ।”