८ बैशाख २०८१, शनिबार
Follow Us

यी बहुमत नेताले बुझाए ओलीलाई समानान्तर प्रतिवेदन

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७५, सोमबार ०१:५३

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठनात्मक एकीकरण कार्यदलका बहुमत सदस्यले पार्टी एकता र कार्यविभाजनलगायत एजेन्डा टुंगो लगाउन आठबुँदे मापदण्ड प्रस्ताव गरेका छन् ।

कार्यविभाजनमा ‘एक व्यक्तिः एक पद’ को मादपण्ड अपनाएर १४७ सदस्यीय पोलिटब्युरो कमिटी गठन गर्नुपर्ने उनीहरूको प्रस्ताव छ ।

कार्यदलका ९ मध्ये ५ सदस्यले अध्यक्ष केपी ओलीलाई आइतबार राती ७ पृष्ठ लामो समानान्तर प्रतिवेदन बुझाएका हुन्  । उनीहरूले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबारै सो प्रतिवेदन बुझाइसकेका छन् ।

केन्द्रीय सचिवालयले ९ फागुनमा कार्यदल भंग गर्ने निर्णय गरेको थियो । त्यसप्रति असहमति जनाउँदै योगेश भट्टराई, बेदुराम भुसाल, वर्षमान पुन, लेखराज भट्ट र सुरेन्द्र पाण्डेले छुट्टै प्रतिवेदन बुझाएका हुन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।