१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अंग्रेजी सिक्दै राउटे बालबालिका

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७५, सोमबार ०२:०६

सुर्खेत–लेकबेसी नगरपालिका–१ रातेखोलामा बस्दै आएका राउटेबस्तीका बालबालिका नेपाली र अंग्रेजी पढ्न थालेका छन् । बालबालिकाले पढ्नु–लेख्नु हुन्न भन्ने अन्धविश्वास बोकेको राउटे समुदाय आधुनिकतासँगै परिवर्तन हुन थालेको हो । कापी–किताब बोक्दा र पढ्दा आफ्ना देउता रिसाउँछन् भन्ने अन्धविश्वास यो समुदायमा छ ।

दैलेखको सामाजिक विकास केन्द्रले राउटेबस्तीमा बालबालिकालाई अक्षर सिकाउन शिक्षक–शिक्षिका नियुक्त गरेपछि बालबालिका पढाइप्रति आकर्षित भएका हुन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
पढ्ने रहर भए पनि राउटे समुदायमा पढ्नु हुन्न भन्ने मान्यताले आफ्ना रहर पूरा नभएको बिर्खबहादुर शाहीले बताए ।