१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोदीले यसरी धोए मजदुरको गोडा, एकाएक मोदीको चर्चा

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७५, सोमबार ०२:३२

प्रयागराज– कुम्भमेलामा आरती गर्न उत्तर प्रदेशको प्रयागराज पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार एकाएक सामाजिक सञ्जालमा चर्चामा आए ।
मेला व्यवस्थापनमा सफाइका लागि खटिएका मजदुरको गोडा मिचिमिची धोएपछि मोदीको चर्चा बढेको हो ।
‘स्वच्छ कुम्भ स्वच्छ आभार’ आभार कार्यक्रममा सरसफाइ कर्मचारीलाई सम्मान गर्नुअघि मोदीले गोडा धोइदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको कार्यक्रममा मोदीले २ महिलासहित ५ जनाको गोडा धोए । त्यसपछि पुछिदिए, अनि खादा ओढाएर सम्मान गरे । आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ ।