६ चैत्र २०८०, मंगलवार
Follow Us

के अब विप्लव अव राज्यले गर्ने कारवाहीका लागि तयार छ ?

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७५, सोमबार ०७:३९

काठमाडौं–विप्लव नेतृत्वको नेकपाका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नख्खु बम विस्फोटको जिम्मेवारी आफ्नो पार्टीले लिएको बताएका छन् ।

ओलीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई ’दुःख लागेको’ समेत बताए । बीबीसीलाई ओलीले भनेका छन्ः

सर्वसाधारणको ज्यानै जानेगरी तपाइहरुले किन नख्खुमा बम विस्फोट गराउनुभयो ?
क्रान्तिका दौरानमा यस्ता सानातिना घटना हुन्छन् । यसप्रति हामी गम्भिर रुपले समिक्षा गर्दछौ र हामी दुखित पनि छौ ।
एउटा बटुवा बाटो हिडिरहँदा, घर जान लाग्दा घरै पुग्न सकेन अनाहकमा ज्यान गुमायो । त्यसलाई सानोतिनो घट्ना भन्न मिल्छ ?
होइन, हामीले त्यस्तो भनेकै छैन ।
अहिले भर्खरै तपाइले त्यस्ता सानतिना घट्ना हुनछन् भन्नुभयो नि ?
बटुवा हाम्रो निशाना होइनन् । जो बटुवा वा मानिस हिँड्दै हुनुहुन्थ्यो । उहाँलाई लाग्न पुग्यो, त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौ ।
यसरी दुख प्रकट गरेर वा क्षमा याचना गरेर ज्यान फर्काउन सकिन्छ त हेमन्त जी ?
त्यसो त सिरियाका लाखौ जनताको ज्यान फर्कदैन नि अव ।
तपाइँकै शव्द सापटी लिनुपर्दा कुनै कम्पनीले लुटेको छ भने, राज्यका विभिन्न निकायहरु छन्, न्यायपालिका छ यसो गर्दै जाने हो भने तपाइले भनेको धेय प्राप्त हुन्छ ?
तपाइले के बुझ्नुस् भने न्यायपालिका वा सरकार कुनैपनि निकायले त्यसप्रति ध्यान नै दिएनन । स्वयं न्यायलय नै यसबाट प्रभावित बन्यो ।
त्यसो हो भने एउटा पार्टी नै राज्य र व्यक्ति नै न्यायपालिका हुन पाउछ ?
यो राज्य अन्न्यायपुर्ण छ भनेर हामीले यसका विरुद्ध बैकल्पिक र प्यारलल राज्यकै घोषणा गरिसकेका छौ ।
नागरिकको ज्यान लिने गरि भएको घटनाप्रति राज्यले कडा कारवाही गर्ने घोषणा गरेको छ । तपाइँहरु अव राज्यले गर्ने कारवाहीका लागि तयार हुनुहुन्छ ?
यसरी सरकारले न्यायापुर्ण कार्यलाई अन्यायपुर्ण तरिकाले आउन थाल्यो भने नेपाली जनताले नराम्रोसँग प्रतिरोध गर्नेछन् । त्यसको साथसाथै राज्यसत्ताबाटै लखेटेर नयाँ राज्यसत्ता पुर्णरुपमा स्थापित गर्नेछन् ।
तपाइँले कुन नेपाली जनताको कुरा गर्नुभयो ? त्यो विष्फोट र त्यसमा ज्यान गुमाएको घटनाप्रति सर्वत्र निन्दा भएको छ । के ति नेपाली जनता होइनन ?
हामीले भनिसक्यौ त । मुख्य काम जे गर्न खोजेका छौ त्यसमा त्रुटीहरु हुन गए । जसले ज्यान गुमाए त्यसप्रति हामीले दुख प्रकट गर्दै उहाँको परिवारलाई राहतका लागि हामी आफ्नोतर्फबाट पनि पहल गर्छौ ।
अव अन्त्यमा तपाइहरुले भन्ने गरेको क्रान्तिका लागि अझै कति निर्दोष नेपालीले ज्यान दिनुपर्छ ? र जसको बलिदानीको उपलव्धिमा टेकेर राजनीतिक स्वार्थ पुरा गर्नुहुन्छ ?
यो कुरा प्रचण्ड र बाबुरामहरुलाई सोध्नुपर्छ । बादललाई पनि सोध्नुपर्छ । किनभने उनीहरुले अनाहकमा १७ हजार मानिसको ज्यान लिएका छन् । तिनिहरुलाई सजाय हुनुपर्छ र हामी यस्ता कमिकमजोरी हुन नदिन पुर्ण सचेत हुनेछौ ।
तपाईहरुले बर्ताको कुरा पनि गर्नुभएको छ । यो वार्ताको खेल सरकारलाई अल्झाउने खेल त हैन नि ?
हामीले वार्ताको कुरा गरेका होइनौँ । उनीहरुले गर्ने गरेको वार्ताको कुराको जवाफ कहिलेकाही दिने गरेका छौ ।
तपाइँहरु शान्तिपुर्ण ढंगले आफ्ना मागहरु सम्बोधन हुन् भन्ने पक्षमा हुनुहुन्न ?
हामी समस्याको समाधान भनेर धेरै पर्खिराखेका थियौँ । तर कुनै समस्याको समाधान हुने हामीले नदेखेपछि अगाडि बढ्नुको विकल्प छैन ।
वार्ताबाट केही निस्कियोस् भनेर तपाइहरु कुर्न नसक्नुभएको हो ?
वार्ता गर्नै चाहादैन सरकार । वार्ताको विषयबस्तु नै स्पष्ट छैन । अव वार्ता हामी केमा गर्छौ भने १७ हजार मानिसहरुले संसदीय व्यवस्थाका विरुद्ध बन्दुक उठाएर त्यहि काँधमा काँध मिलाउन जान भनेका थिएनन् । त्यस्तै हामीले ८० प्रतिशत भुभाग कव्जा गरेका थियौ त्यो यथावत रहनुपर्दछ । हामीसँग ४० हजार जनमुक्ति सेना बनेको थियो त्यसलाई पुननिर्माण गर्नुपर्छ भन्ने विषयमा हामी वार्ता गर्न तयार छौ ।
विगतको नेतृत्वले गल्ति गर्यो भनेर भन्दाभन्दै तपाइहरु पनि उहि बाटो हिँड्दै हुनुहुन्छ । अनि तपाइँहरु पनि उनीहरुभन्दा कसरी फरक हुनुभयो त ?
आमुल परिवर्तनका लागि हामी जुन बाटोमा हिडिरहेका थियौ क्रान्तिको बाटोमा । वर्ग संघर्ष छोडेर वर्ग समन्वयतर्फ लाग्यो र रप्रतिकृयावादीहरुसँग साँठगाँठ गरेर सत्तामा पुगेको छ विगतको नेतृत्व ।
कतिपयले त तपाइहरु मोटो रकमको चन्दा माग्नुहुन्छ र त्यो रकम नपाएपछि विस्फोट गराउनुहुन्छ भनेका छन् तपाइहरुको यो कुन वाद हो ?
यस्तो भ्रममा कोही लाग्नु हुदैन । हामीले मोटो रकम लिनका लागि यस्तो खालको क्रान्तिको जोखिमपुर्ण बाटोमा हिडिराखेका छैनौ ।