७ बैशाख २०८१, शुक्रबार
Follow Us

बडा दसैंको आज पाँचौ दिन

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७३, बुधबार ०७:३३

काठमाडौं । दसैंको पाँचौ दिन आज शक्तिस्वरुपा भगवती स्कन्दमाताको विशेष पूजा गरिंदैछ । कमल ओछ्याएर बस्ने भएकाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ । धार्मिक ग्रन्थअनुसार सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्त अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने विश्वास छ । दसैंको ९ दिनसम्म हरेक दिन छुट्टाछुट्टै देवीको पूजा गरिन्छ । दसैंका अवसरमा देशभरका शक्तिपिठमा भक्तजनको घुँइचो लागेको छ । काठमाडौं उपत्यकाका भद्रकाली, नक्साल, शोभा भवगती, मैतीदेवीलगायत देवी मन्दिरमा दर्शनाथी बढेका छन् भने पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामनालगायत शक्तिपीठमा विहानैदेखि दर्शनार्थीको घुँईचो छ ।