१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए क्यानाडाले महिला दिवस मनाउने

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७५, सोमबार ०८:०५

क्यानाडा । गैर–आवसीय नेपाली संघ एनआरएनए क्यानाडाले १०९ औं अन्तराष्ट्रि महिला दिवस मनाउने भएको छ । आगामी मार्च १ तारिखका दिन महिला सरोकारका बिषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरेर अन्तराष्ट्रिय महिला दिवस मनाउने भएको हो।

नेप्लिज क्यानेडियन महिला एशोसियसनको सहकार्यमा एनआरएन क्यानाडाले आयोजना गर्ने उक्त कार्यक्रममा आफ्नो ४ वर्षे कार्यकाल सकाएर नेपाल फर्कन लागेका क्यानाडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेललाई बिदाई पनि गर्ने कार्यक्रम रहेको एनआरएनए क्यानाडाले जानकारी दिएको छ।

त्यस्तै सोहि कार्यक्रममा ब्राम्टोन सिटिका मेयरका प्याट्रिक ब्राउनलाई औपचारिक स्वागत गरिने भएको छ । कार्यक्रममा ब्राम्टोन साउथका निर्वाचित एमपी सोनिया सिधु र मिसिसागा माल्टोनबाट निर्वाचित एमपीपी दिपक आनन्द लगायत नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिती रहने एनआरएनए क्यानाडाले जनाएको छ।