८ बैशाख २०८१, शनिबार
Follow Us

विवेकशील साझाद्वारा अख्तियारको ध्यानाकर्षण

sarusaru
१४ फाल्गुन २०७५, मंगलवार ०८:२०

विवेकशील साझा पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नो सक्रियता बढाउन ध्यानाकर्षण गराएको छ ।
सो पार्टीका नेता कार्यकर्ता मङगलबार र्यालिसहित अख्तियारको केन्द्रीय कार्यलय टंगाल पुगेर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
विवेशकीलले पछिल्लो समय मुलुकमा ठुला अनियमितता र भ्रष्टाचारका समाचारहरुले राज्यसंयन्त्रप्रति नै अविश्वास बढ्दै गएको भन्दै भ्रष्टचार र अनियमितताका विषयमा सुक्ष्म अनुसन्धान गरेर पदीय दुरुपयोग र अनियमिततामा मुछिएका सबैलाई अविलम्ब कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
विवेकशीलले वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभकर र अन्य करहरु, नेपाल आयल निगमको जग्गा खरिद प्रकृया, फोरजी सेवा विस्तार निर्णय स्वीस बैंकमा नेपालीहरुले राखेको धन लगायतका विषयमा अख्तियारको अनुसन्धानप्रति सबैको ध्यान खिचिएको जनाएको छ ।
अख्तियारकै एक आयुक्त राजनारायण पाठकसमेत भ्रष्टाचारमा मुछिएको घटनाका विषयमा समेत अख्तियारमा नैतिक जिम्मेवारी बढेकाले ती विषयहरुको यथाशक्य छिटो अनुसन्धान गर्न र कारवाहीको दायरामा ल्याउनुपर्ने सो पार्टीको माग छ ।