७ बैशाख २०८१, शुक्रबार
Follow Us

क्यानडा-नेपाल संसदीय मैत्री संघ गठन

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७३, बुधबार ०८:१०

ओटवा। क्यानडाको तल्लो सदन-हाउस अफ कमन्स्र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा क्यानडा-नेपाल संसदीय मैत्री संघको गठन भएको छ।

क्यानडाको संसदका उप-सभामुख Hon. Bruce Stantonको अध्यक्षतामा संसदको समिति कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य Hon. Gen Tangको अध्यक्षतामा 7 सदस्यीय कार्यकारी समितिको निर्वाचित गरेको छ। उक्त कार्य समितिको उपाध्यक्षहरुमा Hon.Harold Albrecht तथा Hon. Julie Dabrusin, 4 जना निर्देशकमा माननीय Hon. Ramesh Sangha, Hon. RaynellAndrychuk (Senator), Hon. Mark MarawaरHon. Jati Sidhuचुनिनु भएको छ भने सदस्यमा Hon. Chandra Arya, Hon. Larry Bagnell, Hon. Larry Campbell (Senator), Hon. Joseph Day (Senator), Hon. Julian Peter, Hon. Gord Johns, Hon. Robert Kitchen, Hon. Larry Miller, Hon. Deepak Obhrai, Hon. Robert Oliphant, Hon. Michelle Rempel, Hon. Mark Serre, Hon. Bruce Stanton, Hon. Brad Trostरहुन भएको छ। अध्यक्षमा निर्वाचित भएपछि संक्षिप्त मन्तव्य दिदैं Hon. Tangले अन्य कुराका अतिरिक्त दुई देशबीचको व्यापार र पर्यटन प्रवर्द्वनमा सक्दो योगदान गर्ने बताउनु भयो।

उक्त बैठकमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही पनि उपस्थित हुनुहुन्थ्यो।अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO)को 39औं महासभामा भाग लिन आउनु भएका माननीय मन्त्री श्री शाहीलाई मैत्री संघको निर्वाचन अगाडिदेखि नै बैठकको संयोजन गरिरहनुभएका Hon. Gen Tangतथा क्यानडाका लागिनेपालका महामहिम राजदूत कालीप्रसाद पोखरेलले निमन्त्रणा गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्री शाहीले नव गठित कार्यकारी समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभ-कामना दिनुभयो।नेपालमा नयाँ संविधान जारी भएपछि मुलुकले राजनीतिक स्थिरता प्राप्त गरी आर्थिक विकासका लागि मार्ग प्रसस्त गरेको उल्लेख गर्नुभयो।वहाँले क्यानडा-नेपाल मैत्री संघको गठनबाट दुई देशका संसदका सदस्यहरुबीच अन्तर्क्रिया, छलफल र नेटवर्किङ हुन गई पारस्परिक सम्बन्ध विस्तार, संसदीय कार्यानुभव र भ्रमणहरुको आदान-प्रदान र जनस्तरको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुभयो। साथै, वहाँले दुई देशबीचको व्यापार, लगानी र पर्यटन प्रवर्द्वनमा समेत संसदीय मैत्री संघको गठनले महत्वपूर्ण योगदान पुर्यानउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्नु हुँदैं महामहिम राजदूत कालीप्रसाद पोखरेलले क्यानडा-नेपाल संसदीय मैत्री संघ गठन गर्ने आफ्नो प्रयासमा सहयोग गर्दै कार्यक्रममा उपस्थित हुनुभएकोमा सबै संसद तथा सिनेटका सदस्यहरुलाई धन्यवाद दिनुभयो। वहाँले सन् 1965 मा ‌कूटनीतिक सम्बन्ध स्थापना भए देखि सुमधुर रहदैं आएको नेपाल-क्यानडा सम्बन्ध संसदीय मैत्री संघको गठनले अरु फराकिलो हुने विचार व्यक्त गर्दै नेपाल-क्यानडाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउन क्यानडा-नेपाल संसदीय मैत्री संघसँग मिलेर कार्य गर्ने बताउनु भयो।
उक्त बैठकमा गैरआवासीय नेपाली संघ-क्यानडा,ओटवास्थित नेपाली समुदायका केही व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

यस अघि क्यानडाको तल्लो सदन हाउस अफ कमन्सका सभामुख Hon. Geoff Regan लेमाननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीलाई संसदको विशिष्ट दीर्घामा आमन्त्रण गरी सम्पूर्ण सदस्यहरुबीच वहाँको स्वागत गर्नुभयो।सम्माननीय प्रधानमन्त्री Justin Trudeau तथा वहाँको मन्त्रिपरिषदका सदस्यहरु र संसदका सदस्यहरुले आ-आफ्नो स्थानबाट उठेर तालीद्वारा माननीय मन्त्रीको उपस्थितिको स्वागत गरेका थिए।

क्यानडाको संसदमा पहिलो पटक गठन भएको यो संसदीय मैत्री संघ गठन गर्नका लागि महामहिम राजदूत कालीप्रसाद पोखरेलले विगत एक वर्ष देखि पहल गर्नुभएको थियो। यस क्रममा महामहिम राजदूत पोखरेलले यहाँको तल्लो र माथिल्लो सदन समेत गरी चार दर्जन भन्दा बढी सांसद तथा सिनेटरहरुसँग भेटघाट गरी मैत्री संघ गठन गर्नका लागि सहयोग गर्न अनुरोध गर्नुभएको थियो।