८ बैशाख २०८१, शनिबार
Follow Us

नख्खु बम विस्फोटका मुख्य योजनाकार पक्राउ

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७५, मंगलवार १५:११

काठमाडौं– ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा एक जनाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका एक नेतालाई मंगबलार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका सूर्य भुजेल (गोविन्द) रहेका छन् । उनी विप्लवको पूर्व अंगरक्षक समेत हुन् । हाल भने उनी विप्लव पार्टीको युवा दस्तामा कार्यरत छन् ।

महानगरीय अपराध महाशाखा स्रोतका अनुसार नख्खु बम विस्फोटको घटनामा उनको संलग्नता रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो । प्रहरीले बम विस्फोटमा उनकै मुख्य भूमिका रहेको दाबी गरेको छ।
महाशाखाको टोलीले अभियुक्त भुजेललाई मंगलबार नै महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाएको छ ।