१६ चैत्र २०८०, शुक्रबार
Follow Us

व्यवसायी खड्काले परोपकारमा ८ लाख खर्चिए

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७५, मंगलवार २०:५७

लन्डन । सफल व्यवसायी तथा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको सदस्य सुनिल खड्का परोपकारी काममा सक्रिय भएका छन् । खड्काले हालै नेपालका विभिन्न क्षेत्रमा करिब ५ लाख रुपैयाँ सहयोग गरेका छन् । खड्काले मानव सेवा आश्रमलाई ३ लाख ५० हजार, शिव कल्चर सेन्टरलाई १ हजार १ पौण्ड, आँखा दान केन्द्र चितवनलाई १ लाख ११ हजार १ सय १ र स्थानीय स्कुललाई १ हजार पौण्ड सहयोग गरेका छन् ।

सफल व्यवसायीका साथसाथै एक सक्रिय सामाजिक अभियन्ताको रुपमा चिनिने खड्काले आफुले कमाएको सानो रकम पारोपकारी काममा खर्च गर्न पाएकोमा प्रसन्नता प्रकट गरे । एनआरएन सहितका केहि सामाजिक संघसंस्थाहरुमा समेत सक्रिय रहंदै आएका उनले नेपालमा आफ्नै व्यक्तिगत पहलमा समेत नियमित रुपमा विभिन्न च्यारिटेबल कार्यहरु गर्दै आएका छन् ।

उनले बेलायतमा झण्डै १ दशकदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न उनले बेलायतमै प्रपर्टी क्षेत्रमा पनि लगानी गरेका छन् ।

उनले नेपालमा समेत प्रपर्टी, हाइड्रो लगायतमा खड्काको लगानी छ ।