१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बिमलराज क्षेत्रीको ‘बुट्टे रुमाल ’लाई साढे ६ लाख भन्दा बढी भ्यूअर्स (भिडियो)

sarusaru
१५ फाल्गुन २०७५, बुधबार ०२:३९

काठमाण्डौ – लोक गायक बिमलराज क्षेत्रीको पछिल्लो समयको चर्चित गीत ‘बुट्टे
रुमाल’ बुधबार बिहानसम्ममा ६ लाख ८८ हजार पटक युटुबमा हेरिएको छ । चर्चित आधुनिक गायिका अञ्जु पन्त र बिमलराज क्षेत्रीको स्वरमा सजिएको उक्त गीतको शब्द भने सर्जक एकनारायण भण्डारीले लेखेका हुन् ।हिट नायिका प्रियङ्का कार्की र गम्भीर विष्टको अभिनय रहेको उक्त गीतलाई सुपारी चाम्रो २ नाम दिइएको छ । गम्भीर विष्ट स्वयम्ले निर्देशन गरेको भिडियो सम्पादन नवीन निरौला तथा एरेन्ज बि.बि. अनुरागीले गरेका हुन् । आधुनिक युवायुवतीले मायाको चिनोको रुपमा रुमाल साटासाट गर्ने कुरालाई उतारिएको उक्त गीत माघ १८ गते म्युजिक नेपाल युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो ।