१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेकपामा विवाद : एकता लम्बिनुमा ४ कारण

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७५, बुधबार ०२:१९

काठमाडौं – सत्तारुढ दल नेकपाको पार्टी एकता प्रक्रिया लम्बिनुमा ४ वटा कारण रहेको खुलेको छ।

एकता प्रक्रिया टुंग्याउन गठन गरिएको विघटित कार्यदलका बहुमत सदस्यले अध्यक्षद्वयलाई समानान्तर प्रतिवेदन बुझाएपछि विवादित विषय सार्वजनिक भएका हुन्। नेकपामा एक व्यक्ति एक पद, १० प्रतिशत सदस्य मनोनयन, एकता प्रक्रियाको मापदण्ड र कार्यदल विघटनका विषयमा नेताबीच विवाद देखिएको छ। खासगरी तत्कालीन माओवादीभन्दा पनि एमालेभित्र तीव्र विवाद छ।

केन्द्रमा पार्टी एकता भएको १० महिना बितिसक्दा पनि तल्लो तह र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगिन नसक्नुका मुख्य कारण यिनै चार वटा रहेको नेताहरूले बताएका छन्। ‘हामी पूर्वमाओवादीभित्र भन्दा पनि उहाँहरू (एमाले) भित्रका साथीबीचको विवादका कारण एकता प्रक्रियाले गति लिन नसकेको हो’, पूर्वमाओवादी आबद्ध नेकपाका एक स्थायी समिति सदस्यले भने। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।