११ बैशाख २०८१, मंगलवार
Follow Us

सन् २०१९ लाई ‘नेपाल प्रवर्द्धन वर्ष’को रुपमा मनाउने एनआरएनएको घोषणा

sarusaru
१५ फाल्गुन २०७५, बुधबार ०७:१५

काठमाडौं–एनआरएनएले सन् २०१९ लाई ‘नेपाल प्रवर्द्धन वर्ष’को रुपमा मनाउने भएको छ ।

स्न २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई पूरा गराउन सहयोग गर्न सन् २०१९ लाई नेपाल प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणा गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनँले सो प्रवद्र्धन वर्षलाई सफल बनाउन आफ्नै अध्यक्षतामा २ सय १३ सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको बताए ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्य छ । जसलाई सघाउ पु-याउने उद्देश्यका साथ एनआरएनएले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरेको हो ।