१३ बैशाख २०८१, बिहीबार
Follow Us

भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखबीचको विवाद छताछुल्ल

sarusaru
१५ फाल्गुन २०७५, बुधबार ०७:२०

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख विचको विवाद उत्र्कषमा पुगेको छ ।

काठमाडौँमा पत्रकार सम्मेलन नै गरेर आफ्नो आक्रोश व्यक्त गरेकी उपप्रमुख पार्वती शाहको आरोप प्रमुख मेयर रेनु दाहालले नियमित पत्रकार सम्मेलन गर्दै जवाफ दिएकी छिन् ।

उनले आफु महानगरको विकास र समृद्धिका तल्लिन भएको भन्दै उपप्रमुख शाहल मिथ्या आरोप लगाएर चरित्र हत्या गर्ने प्रयासे गरेकी बताईन् ।

अन्तरिक रुपमा केहि समस्यामा आएपछि एक ठाउँमा बसेर गहन छलफल गरेर समस्याको निकास दिन नसक्दा दुवै जनाको आक्रोश मिडिया मार्फत छताछुल्ल भएको छ ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दुर्र्र्इ पटक पत्रकार सम्मेलन गरेर प्रमुख माथि आरोप लगाएपछि प्रमुख रेनु दाहालले आज पत्रकार सम्मेलन आरोप प्रमाणीत गर्न चुनौती दिएकी छिन्।

‘म र महानगरपालिकाको कर्मचारी माथि नभएका झुठा विवरण सार्वजनिक गर्दै वदनाम गर्दै हिड्नु भएको छ ।’ उनले भनिन् तथ्यहिन विषयलाई मिडियावाजी गर्दै चितवनदेखि काठमाण्डौसम्म पुगेर पत्रकार सम्मेलन गरी झुटा विषय उचाल्नु भएको छ ।
महिलाहरुले नेतृत्व गरेको ठाउँमा नमुना बनाउने भनेर लाग्दा आफै अतालिएर हिड्एको प्रमुख दाहालले बताई्न् ।

उनले उपमेयर शाहले आफ्नो सचिवालय देखि सबै क्षेत्रमा नातागोतालाई नै जागिर लगाएको समेत आरोप लगाईन् ।

यस्तै मेयर दाहालले उपमेयर शाहले आफू माथि मिथ्या आरोप लगाएर चरित्र हत्या गर्न खोजेको बताईन् । “मलाई व्यक्तिगत लाभ लिनु केही छैन्, महानगरको विकासमा कटिबद्ध छु, अनावश्यक विवादमा मुछेर मेरो चरित्र हत्याको प्रयास भयो ।”

मेयर दाहालले उपमेयर शाहले लगाएको एक एक आरोपको खण्डन गरिन् । उनले उपमेयर पार्वती शाहले आफुमाथि लगाएका आरोप पुष्टी गर्न चेतावनी समेत दिइन् । उपमेयरले लगाएका सबै आरोप झुटा र मनगडन्ते भएको उनले दावी गरिन् ।

उपमेयरले आफ्ना ४ जना नजिकका नातेदारलाई सचिवालयमा राखेको र एकजना भतिजिलाई कम्प्युटर अपरेटर नियुक्ती गर्न ताकेता गर्दे आएकोमा प्रमुख प्रशासकीय अधिकृतले नियमले नमिल्ने भन्दै फकाएपछि त्यसैको विरोधमा उपमेयर शाह पत्रकार सम्मेलन गर्दे हिडेको प्रमुख दाहालको दावी छ । उपमेयर पनि महानगरको दोस्रो जिम्मेवार व्यक्ति भएकोले आफुमै भएको कमजोरी खोज्न र जथाभावी नबोल्न दाहालले आग्रह समेत गरिन् ।

प्रमुख रेनुले विकास समृद्धिमा असर पार्ने तरिकाले कपोकल्पित विषय उठाएर हिडेको भन्दै महानगर बनाउने दुवैको दायित्वमा पर्ने बताईन् ।

महानगरपालिकाले गरेको अनियमितता, भ्रष्टाचार, आर्थिक हिनामिना वा कुनै पनि विषयमा कमजोरी भएको भए प्रमाणसहित आएमा आफूले सजाय भोग्न तयार भएको दाहालले चुनौती दिईन् ।

व्यक्तिगत स्वार्थलाई लिएर प्रचारवाजी गरेको भन्दै आपत्ति जनाईन् । कार्यक्रममा उनले उपप्रमुखले आफ्ना नातागोताका व्यक्तिलाई जागीर लगाउन नपाएको रिसमा यो सवै क्रियाकलाप गरेको बताईन् ।।

‘भतिजीलाई जागिर दिन दवाव दिनु भयो, बहिनी कार्यालय सहयोगी नियुक्त गर्नु भयो, ज्वाई ड्राइभर, भतिजा स्वकीय सचिव, वहिनीको छोरीलाई नियुक्ती दिनु प¥यो भन्ने विषय थियो ।’ यस विषयमा कुरा नमिलेपछि उनले गलत प्रचार गर्दै हिड्नु भयो पत्रकार सम्मेलनमा प्रमुख रेनुले भनिन् ‘भतिजी लाई भर्ती गर्न नपाएको झोकमा बबण्डर मच्चाउने ?’ ।
सम्मेलनमा आफु बारेमा लागेका आरोपको खण्डन् गर्दै प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले आफुले कुनैदिन पनि गलत मनसाय राखी जनप्रतिनिधीलाई व्यवहार नगरेको जिकिर गरे । उनले आफूले गल्ती गरेको प्रमाण दिए माफी माग्न पनि तयार रहेको भन्दै आफू गल्ती नगरेको दावी गरे ।
भरतपुर विकासको तीव्र गतिमा अगाडि वढीरहेको सन्र्दभमा आपसी विवाद र खिचातानीले गन्तव्यमा पुग्न नसकिने भन्दै उनले नमिलेका विषयमा छलफलवाट टुंगो लगाउदै अगाडि वढ्न सवैमा आग्रह समेत गरिन् ।

उपप्रमुख पार्वती शाह कठुरीले भरतपुर र काठमाण्डौमा पत्रकार सम्मेलन गरी महानगरमा अर्थिक अनियमिता भएको, काम राम्रोसंग नभएको, प्रशासकीय प्रमुखले नटेरेको, विकास नभएको, समितिहरु पूर्ण नभएको, आफूलाई वेवास्ता गरेको जस्ता आरोप छ । प्रमुख र उपप्रमुख बिच विवाद भएपछि दुवै पक्ष बसेर छलफल समेत भएको छैन ।