१५ चैत्र २०८०, बिहीबार
Follow Us

पर्यटनमन्त्री सवार हेलिकप्टर खोज्न प्रहरी टोली परिचालन

sarusaru
१५ फाल्गुन २०७५, बुधबार ०८:५८

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर खोज्न प्रहरी टोली परिचालन गरिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले एयर डाइनेष्टीको हेलिकप्टर खोजी गर्न सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको रातोपाटीलाई जानकारी दिए ।

यसैबीच गृह सचिव प्रेम कुमार राईले ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको जानकारी दिए ।
यद्यपी हेलिकप्टरमा पर्यटनमन्त्रीसहित अरु को–को थिए भन्नेबारे खुल्न बाँकी रहेको बताइएको छ ।
ताप्लेजुङको पाथिभरा मन्दीरको दर्शन गरेर काठमाडौं फर्किने क्रममा हेलिकप्टर सम्पर्कविहीन भएको बताइएको छ ।