१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हेलिकप्टर जलेर पूर्णरुपमा क्षति, यी हुन् मन्त्री अधिकारीसहित ७ मृतक

sarusaru
१५ फाल्गुन २०७५, बुधबार ११:५०

फुङलिङ नगरपालिका-१० सिमखोलास्थित तारेभीरको जंगलमा डाइनेष्टिक एयरको हेलिकोप्टर बुधबार दिउसो दुर्घटना हुँदा हेलिकोप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ ।
दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, सोही प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको हो ।

तेह्रथुमबाट काठमाडौं फर्कने क्रममा उक्त भिरमा हेलिकोप्टर ठोक्किन गई दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र अस्थायी प्रहरी चौकी माथिल्लोफेदी समेतबाट तत्काल प्रहरी टोली खटि गई उद्दार कार्य गरिरहेको छ । हेलिकोप्टर जलेर नष्ट भएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट पूर्व उत्तरतर्फ करिब ३ घण्टाको पैदल दुरीमा रहेको छ ।

काठमाडौंबाट नेपाली सेनाको २, सिम्रिक एयरको १ र डाइनेष्टिक एयरको १ हेलिकोप्टर घटनास्थल गई थप उद्दार कार्य भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।