६ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्री रविन्द्र अधिकारीको निधनमा एनआरएनएद्धारा दुःख व्यक्त

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७५, बुधबार १२:२२

लण्डन । नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारीको निधनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुःख व्यक्त गरेको थियो ।
संघका प्रवक्त भुषण घिमिरेले बुधवार एक विज्ञप्तिजारी गर्दै दुखद घडीमा सबै गैरआवासीय नेपालीहरु र संघका तर्फबाट दिवगंत सबैको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

विज्ञप्तिमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी चढ्नु भएको हेलिकप्टर दुर्घटनामा परेको र त्यसमा सबार सबैको देहवसान भएको खबरबाट समस्त गैरआवासीय नेपाली संघ परिवार स्तब्ध भएको छ । दुर्घटनामा माननीय मन्त्री अधिकारी, यति एयरलायन्सका प्रबन्ध निर्देशक एवं नेपालका अग्रणी पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत ७ जनाको मृत्यु भएकोमा संघ गहिरो शोक प्रकट गर्दछ उल्लेख छ।

यस्तै विज्ञप्तिमा नेपालको राजनीतिमा समाजसेवी तथा युवा नेताका रुपमा चिनिनु भएका अधिकारीसंग संघको गहिरो सम्बन्ध र सहकार्य रहेको थियो । पर्यटन मन्त्रीको पद सम्हाले पछि नेपालको पर्यटन प्रबर्धनको लागि उहाँले नेपाल पहिचानको लागि गर्नु भएका पहलहरु हाम्रा निम्ति चीरस्मरणीय रहने वताएको छ ।

विज्ञप्तिमा गैरआवासीय नेपाली संघले अमेरिकामा आयोजना गरेको विज्ञ सम्मेलनमा उहाँले दिनु भएको मन्त्वय अझ सम्म हाम्रो स्मरणमा ताजै छ । श्री अधिकारीको निधनबाट मुलुकले एक असल राष्ट्रवादी र एक होनहार युवा नेता गुमाएको छ ।

यस दुखद घडीमा सबै गैरआवासीय नेपालीहरु र संघका तर्फबाट दिवगंत सबैको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । यसैगरी अधिकारी, शेर्पा लगायत दिवगंत हुनु भएको सबैको परिवारजनहरुमा यस शोकको घडीमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसंग प्रार्थना गर्दछौं उल्लेख छ ।