१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्री अधिकारीको निधनमा भोलि सार्वजनिक बिदा, छानबिन समिति गठन गरियो

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७५, बुधबार १४:२५

काठमाडौं– सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस्तै मृतकहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि सरकारले निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार बिहीबार सरकारले मन्त्री अधिकारीसहितको निधनमा राष्ट्रिय शोक दिन घोषणा गरेको छ ।

यस्तै बैठकले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न योग्य प्रसाद गौतमको अध्यक्षतामा दीपक बास्तोला, प्रमोद लामा र बुद्धिसागर लामिछाने सदस्य रहेको समिति पनि गठन गरेको छ ।