१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पर्यटनमन्त्रीको निधनमा नेपाली मन्च युकेद्वारा दुख व्यक्त

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७५, बिहीबार १३:५७

काठमाडौं– ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका –१० सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित अन्य ६ जना ब्यक्तिको निधनप्रति प्रवासी नेपाली मन्च युकेले दुख व्यक्त गरेको छ ।
मन्चका अध्यक्ष राजेन्द्र पुडासैनीले एक शोक सन्देश जारी गर्दै नेपालमा समाजवाद स्थापनाको आधार तयार गर्न अहोरात्र कृयाशिल एकजना नेता तथा समकालीन राजनीतीका भरपर्दो ब्यक्तित्वलाई गुमाउनु पर्दा मुलुकलाई अपुरणिय क्षति भएको उल्लेख गरेका छन् ।

उनले यस दुखद समयमा नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा उनकी राजनितीक सहयोध्दा तथा श्रीमती बिध्या भट्टराई लगायत संपूर्ण शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै अधिकारी सहित सबै मृतकप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।