७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली दूतावास लण्डन बिहीबार बन्द हुने (सूचनासहित)

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७५, बुधबार १७:०७

काठमाडौं– लण्डनस्थित नेपाली राजदूतावास बिहीबार बन्द हुने भएको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएकाले दूतावास बन्द हुने जनाएको हो ।
नेपाल सरकारको बुधबार साँझ बसेका मन्त्रिपरिषदको आकस्मिक बैठकले बिहीबार एक दिन देशभित्रका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय र विदेशस्थित कुटनीतिक नियोगका साथै राजदूतावासमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको बिहीबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने गृहमन्त्री रामबहादुर थापाले जानकारी दिएका छन् । सो दुर्घटनामा अन्य ६ जनाले पनि ज्यान गुमाएका छन् ।