१५ चैत्र २०८०, बिहीबार
Follow Us

दुर्घटनाअघि मन्त्री अधिकारीले भनेका थिए– म एकदमै हतारमा छु

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७५, बिहीबार ०२:२२

तेह्रथुम– आठराई गाउँपालिका–६, चुहानडाँडामा विमानस्थल बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सपना अधुरै रह्यो । तीन वर्षभित्र बनाइसक्ने गरी अन्तिम सर्वेका लागि बुधबार अपराह्न चुहानडाँडा आएका मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मगाउँमा विमानस्थल बनाउने सपना अधुरै रहेको हो ।

चुहानडाँडामा बुधबार बिहान ११ बजेदेखि करिब ४५ मिनेटसम्म भएको औपचारिक कार्यक्रम नै अधिकारीको अन्तिम कार्यत्रम बन्न पुग्यो । एकदमै हतारमा छोटो समय सम्बोधन गरेका उनले चुहानडाँडामा विमानस्थल बनाउन प्रधानमन्त्रीको समेत इच्छा रहेकाले ‘चाँडै यहाँबाट हवाईजहाज उड्ने’ बताएका थिए । उनले कार्यक्रममा भनेका थिए, ‘अबको केही वर्षभित्रै काठमाडौं र आठराईको दूरी छोट्टिएर केही घण्टाको मात्र हुनेछ ।’ कान्तिपुर दैनिकमा खबर छ ।